म खोप हुँ
फूल जस्ता नानीबाबुहरुको एक सच्चा पहरेदार
अथवा एक जीवन रक्षक।
म खोप हुँ
रोगहरुको ध्वँसका लागि एक विष्फोटक,
जब जन्मिन्छन् नानीबाबुहरु
म पनि तिनकै रक्षाका लागि खोप बनेर जन्मन्छु,
र एक राष्ट्र सेवक स्वास्थ्यकर्मीको काधमा चढेर
नानीबाबुहरु कै रक्षाका लागी एउटा महान यात्रामा निस्कन्छु।
म खोप हुँ
नानी बाबुहरु जन्मे लगत्तै,
म विसिजी बनेर आउँछु
र लखेट्छु, क्षयरोग भन्ने रोग।
जब नानीबाबुहरु
६ हप्तामा पाइला टेक्छन,
म खोप बनेर एक एक महिनाको फरकमा तीन पटक आइपुग्छु
र लखेट्छु पखाला, पोलियो, निमोनिया र भ्यागुते रोग
र लखेट्छु लहरे खोकी, धनुष्टन्कार हेपाटाइटिस र इन्फ्लुन्जा।
जब नानीबाबुहरु
नौ महिनामा बामे सर्छन,
म दादुरा र रुवेला खोपको पहिलो मात्रा बनेर आउँछु
साथमा बोकेर ल्याउँछु निमोनिया विरुद्द अन्तिम खोप
र लखेट्छु दादुरा रुवेला र निमोनिया जस्ता घातक रोगहरु।
जब नानीबाबुहरु
१ वर्षमा टुसुक्क बस्छन,
म जापनिज इन्सेफलाइटिस रोग विरुद्द
खोप बनेर आउछु।
जब नानीबाबुहरु
१५ महिनामा उभिएर हिड्न सुरु गर्छन,
म दादुरा र रुवेलाको दोस्रो मात्रा खोप बनेर आउँछु
र टाइफाइट खोप समेत साथमा लिएर आउँछु।
(लेखक रोल्पा अस्पताल, रेउघाका सिअहेव हुन्।लेखक रोल्पा अस्पताल, रेउघाका सिअहेव हुन्।)