३५० वर्षको इतिहास साक्षी छ,
के अझै प्रमाण दिन बाँकी छ?
मल्ल राजाले बसाएका,
देशकै गौरब बढाएका,
स्वदेशी जडिबुटी प्रयोग गरी,
स्वदेशी ब्राण्ड बनाएका ।
उत्पाद थियो सस्तो,
स्वस्थ अनि भरपर्दो ।
देखिन्छ अहिले बजारमा,
विदेशी उत्पाद हजारमा ।
सम्भावना हुँदाहुँदै पनि,
किन झुकें म आफ्नै नजरमा ?
हर घरको रोजाइमा,
पुग्थ्यो गाउँ बस्ती सबैमा ।
दूरदराजको पनि मेटिन्थ्यो आश,
खोज्दै हिड्थे शिलाजीत अनि च्यवनप्राश |
छन् सबै मेरा,
छैनन् कोई पराया।
बजेट, कर्मचारी र समितिको भरमार,
तैपनि छु म लाचार !
सरकार भन्छ हेर्छु,
जनता भन्छ चाहन्छु,
सञ्चालित किन छैन?
म आफैमा कन्फ्युज छु !
प्राथमिकतामा छन् सबै,
राष्ट्रिय गौरवका योजना,
स्रोत, साधन र कारखाना।
तैपनि छैन मेरो स्याहार,
आखिर नेपालकै सम्पत्ति हुँ यार !
नेपाल कै सम्पदा हुँ यार !