आमा गर्भवती भएको दिनदेखि बच्चाको उमेर २ वर्षको हुँदा सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ। गर्भको अवधि २७० दिन र जन्मपश्चात २ वर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिनलाई सुनौलो १००० दिन भनिन्छ। बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले विकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ। जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरि २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ। त्यसै कारणले यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी ध्यान दिनुपर्दछ। यस बेलामा हरेक बार खाना ४ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा विशेष जोड दिनुपर्दछ।
स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनीवार्य गर्नुपर्दछ।
१. १२ हप्तामा पहिलो पटकको अनिवार्य जाँच
२. १६ हप्तामा दोश्रो पटकको जाँच
३. २० देखी २४ हप्तामा तेश्रो पटकको जाँच
४. २८ हप्तामा चौथो पटकको जाँच
५. ३२ हप्तामा पाँचौं पटकको जाँच
६. ३४ हप्तामा छैंठौं पटकको जाँच
७. ३६ हप्तामा सातौं पटकको जाँच
८. ३८ देखि ४० हप्तामा आठौं पटकको जाँच
हरेक बार खाना ४ भनेको के हो?
१.अन्न २. गेडागुडी ३. घ्यु तेल माछा मासु र अण्डा ४. फलफुल सागपात र तरकारी आदी
सुनौलो १००० दिनका आमाहरुले खाना खाने तरीका कस्तो हुनु पर्दछ ?
बिहान खाजा,१ गिलास दुध र अण्डा
बिहानको खाना दाल भात तरकारी आवश्यकता अनुसार
दिउँसो विभिन्न किसिमका फलफुल र तरल पदार्थ
दिउँसोको खाजा रोटी गेडागुडि
बेलुकिको खाना दाल भात तरकारी आवश्यकता अनुसार मासु
आराम तथा नियमित ब्यायाम र सरसफाई गर्ने
लगाउने पोषाकमा समेत ध्यान दिने गर्नुपर्दछ
गर्भवतीले साबिक भन्दा थप एकपटक बढी खाना खानुपर्दछ। गर्भधारण देखिनै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्दछ। सुत्केरी र स्तनपान गराएकी महिलालाई साविक खानाको साथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ। सामान्यतया एक सुत्केरी महिलाबाट दिनमा झण्डै ८ सय ५० मिलिलिटर दुध बच्चालाई निस्कने हुँदा आमालाई विशेष गरी पोषण युक्त खानामा ध्यान दिनु आबस्यक देखिन्छ।
सुत्केरी महिलालाई विशेषगरी ज्वानोको झोल , गेडागुडीको झोल , सुत्केरी मसला जस्तै मेथी , गुद ,काजु , बदाम , छोडा , बत्तिसा ,मिश्री , सख्खर आदी खुवाउनुपर्दछ।
छ महिना देखि २ वर्ष सम्मका बच्चालाई बाल भिटा दिईन्छ। र खानामा मिसाएर खुवाइन्छ। बालभिटामा आईरन र भिटामिनको मिश्रण हुन्छ। बालभिटा १५ प्रकारका भिटामिनबाट तयार पारिएको हुन्छ। त्यसैले हरेक स्वास्थ्य संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत वितरण गरीएको बालभिटा सबै आमा बाबाहरुले आफ्ना बालबालिकालाई अनिवार्य खुबाउनुपर्दछ।
२ भाग अन्न दुई थरीका र २ भाग गेडागुडी आधा आधा गरी मिसाई राम्रोसँग भुटेर मसिनो गराई तयार पारी सफा भाँडोमा राखेर तयार गरिएको सर्बोत्तम पिठो बच्चाहरुको लागि अत्यन्तै पोषिलो मानिन्छ। त्यसैले हरेक आमा बाबाले आफनो बच्चालाई अनिवार्य रुपमा खुवाउनुपर्दछ।
स्वास्थ्य संस्थाबाट दिईने सेवालाई उपयोग गर्ने
बच्चा जन्माउने योजनामा भएका दम्पतिले बच्चा राख्ने तीन महिना समय अगावै डाक्टर वा स्वास्थ्यकर्मीसँग भेटगरी फोलिक एसिड भन्ने एउटा महत्वपुर्ण औषधि नियमित रुपमा खान सुरु गर्ने र मसिक श्राब रोकिएको दिनदेखि ९० दिन पुरा भईसकेपछि १ डोज जुकाको औषधि खुवाउने। र २ डोज टी डी खोप पहिलो पटकको गर्भवतीलाई १ /१ महिनाको फरकमा लगाउने। दोश्रो पटकको गर्भवतीमा १ डोजमात्र टि डी खोप लगाउने। आईरन र क्याल्सियम दिनको १ /१ गोलिका दरले १८० गोलि र जन्मपश्चात ४५ दिनसम्म ४५ गोलि गरी २२५ वटा आईरन र २२५ वटा क्याल्सियम खुवाउने। र ४२ दिनभित्र भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ। र घरका सम्पुर्ण सदस्यहरुले गर्भवतीलाई विशेष स्याहार र सहयोग गर्नुपर्छ।
( लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)