क्षयरोग आँखाले देख्न नसकिने किटाणु माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिसबाट हुने गर्दछ। क्षयरोग को किटाणु २४ मार्च १८८२ मा जर्मन वैज्ञानिक डा रोबेर्ट ककले पता लगाउनु भएको हो। क्षयरोग श्वास प्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग हो। २ हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु ,साँझपख ज्वरो आउनु, खानामा रुची कम हुनु, तौल घट्दै जानु यसको मुख्य लक्ष्ण हो। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ भने उच्च मृत्यु दर भएका १० रोगमध्थे क्षयरोग पनि एक हो।
नेपालमा बिगत लामो समयदेखि जनस्वास्थ समस्याको रुपमा रहेको क्षयरोग अहिले पनि यसको सक्रमण झन् बददो अबस्थामा छ। नेपालको कुल जनसख्याको आधा जनसख्यामा क्षयरोग गराउने किटाणु भएको अनुमान गरिएको छ। गरिबी पोषणयुक्त खानको कमि चेतानाको कमि रोग लुकाउने बानि आदि कारण क्षयरोग हुने डर बददो छ भने औषधि प्रतिरोधी क्षयरोगको बढ्दो प्रकोप ,निजि स्वास्थ सस्थाहरु दिइएको क्षयरोग निदान तथा उपाचार मूल(धारमा आउन नसक्नु ,एच आ भी को बिरामीमा पनि क्षयरोग स्रकमण बढ्दो क्रममा देखिन्न थालेको छ।
बढ्दो शहरीकरण,खुला सिमाना ,मधुमेहका बिरामीमा क्षयरोगको जोखिम आदि चुनौतीको रुपमा रहेका छन्। यी चुनौतीहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले विश्व स्वास्थ्य सगठनले सिफारिस गरे अनुसार डट्स विधि अवलम्बन गरेको छ। सरकारी निजि सहकार्य ,चेतना अभिबृदी कार्यक्रम ,क्षयरोगका बिरामीको सक्रिय खोज पड्ताल औषधि प्रतिरोधी क्षयरोग निदान तथा उपचार सेवा बिस्तार ,समुदायमा आधारित क्षयरोग ब्यवस्थापन क्षयरोग बिरामीहरुको सम्पर्कमा आएकोहरुको सक्रिय परीक्षण ,बच्चाहरुमा हुने क्षयरोग ब्यबस्थापनको अवधारणा अघि सारिएको छ।
जनस्वास्थ सामाजिक र आर्थिक विकासका लागि क्षयरोग गम्भीर समस्याको रुपमा रहनु हाम्रो जस्तो देशको लागि चिन्ताको विषय हो। आब २०७९/०८० मा नेपालमा ७०००० नया क्षयरोगका बिरामीहरु थपिने र १८००० ब्यतिहरुको मृत्युहुने अनुमान गरिएको छ। कोभिड१९ जस्तै टिबीको माहामारीमा फस्ने र एउटा ठुलो समस्या हामीमा फेरि एकचोटी आउने निश्चित जस्तै छ। यसैले नेपालको ७५३ स्थानीय तहबाट हामीले एउटा शुरुवात गर्नुपर्ने हुन्छ जनचेतनाको विकास गरी एउटा प्रमुख स्वाथ्थ्य समस्या लाई निर्मुल पार्न लागौं। यसैले नेपालको सबै पालिकाहरुमा क्षयरोगको लागि बजेट बिनियोजन गरि क्षयरोग सम्बधी जनाचेतनाको कार्यक्रम र सामुदायमा लुकेर बसेका क्षयरोग बिरामी पत्ता लगाउनु नै यसको स्रकमंण दर घटाउनु हो।