काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापनाको २२औं दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। न्याम्स स्थापनाको अवसरमा न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुने छ।
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरले यसका पूर्व उपकुलपति र पदाधिकारीहरु को-को भए भनेर विवरण संकलन गरेको छ। न्याम्सले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार हालसम्म न्याम्समा ७ जना उपकुलपति भएका छन्। हालका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत गत वर्षको असारमा नियुक्त भएका हुन्। त्यसअघि न्याम्समा छ जना उपकुलपति भएका छन्।
न्याम्सको सबैभन्दा पहिलो उपकुलपति प्राडा दिनेशनाथ गंगोल हुन्। न्याम्स २०५९ सालमा अध्यादेशबाट स्थापना भएको हो। त्यतिबेला उपकुलपति नभनेर निर्देशक भनिएको थियो। डा गंगोल वरिष्ठ न्यूरो सर्जन हुन्। उनी २०५९ देखि २०६३ सालसम्म निर्देशकका रुपमा रहे।
डा गंगोलपछि न्याम्सको उपकुलपतिमा प्राडा विश्वराज दली नियुक्त भएका हुन्। २०६३ माघ १ गते उपकुलपतिमा नियुक्त भएका डा दलीले २०६५ मंसिर १० गतेसम्म उपकुलपतिको रुपमा काम गरे।
डा दलीपछि न्याम्सको उपकुलपतिमा प्राडा चन्द्र प्रकाश मास्के नियुक्त भए। उनको कार्यकाल भने निकै छोटो रह्यो। उनले २०६५ पुस देखि २०६६ जेठसम्म मात्र काम गरे।
न्याम्सको चौथो उपकुलपतिका रुपमा प्राडा दामोदर पोखरेल नियुक्त भए। उनले चार वर्ष नै काम गरे। २०६६ चैत १३ गते नियुक्त भएका डा पोखरेलले २०७० चैत १२ गतेसम्म उपकुलपतिका रुपमा काम गरे।
त्यसपछि प्राडा गणेश गुरुङ न्याम्सका उपकुलपति नियुक्त भएका हुन्। उनले २०७१ साउन २३ देखि २०७५ साउन २१ गतेसम्म उपकुलपतिका रुपमा काम गरे।
गणेश गुरुङपछि केही समय निमित्त उपकुलपतिका रुपमा डा सुवोध अधकारीले जिम्मेवारी सम्हाले भने त्यसपछि डा डिएन शाह उपकुलपतिमा नियुक्त भएका हुन्। डा शाहले २०८० मा चार वर्षे कार्यकाल पूरा गरेका हुन्। त्यसपछि हालका उपकुलपति डा भुपेन्द्र बस्नेत नियुक्त भएका हुन्।
यी हुन् न्याम्सका पूर्व उपकुलपति र पदाधिकारीहरु
पूर्व उपकुलपतिहरु
१. प्राडा दिनेश नाथ गंगोल (निर्देशक)
२. प्राडा विश्वराज दली
३. प्राडा चन्द्र प्रकाश मास्के
४. प्राडा दामोदर प्रसाद पोखरेल
५. प्राडा गणेश बहादुर गुरुङ
६. प्राडा देव नारायण शाह
पूर्व शिक्षाध्यक्षहरु
१. प्राडा विजय कुमार शर्मा
२. प्राडा श्रीकृष्ण गिरी
३. प्राडा रंग बहादुर बस्नेत
४. प्राडा सुबोधकुमार अधिकारी
पूर्व रजिष्ट्रारहरु
१. प्राडा मधुर देव भट्टराई
२. प्राडा रञ्जनप्रसाद सिंह
३. प्राडा श्रीकृष्ण गिरी
४. प्राडा विश्वराज जोशी
५. प्राडा मुकुन्दराज पन्थी
६. प्राडा किरण मानन्धर
७. प्रा प्रमिला देवान
पूर्व डीनहरु
१.प्राडा दिव्यश्री मल्ल
२. प्राडा व्रम्हदेव झा
३. प्राडा प्रवीण मिश्र
४. प्राडा सिताराम चौधरी
५. प्राडा यहुन चन्द्र शिवाकोटी
६. प्राडा पीयुष दाहाल
पूर्व सहायक डीनहरु
१. प्राडा विजय कुमार शर्मा
२. प्राडा किरण मानन्धर
३. प्राडा स्वंयमप्रकाश पण्डित
४. प्राडा रेशम बहादुर राना
५. प्राडा शैली प्रधान
६. सह प्राडा अनिल बराल