नयाँदिल्ली- भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा (नीट)बाट पास भएका १५६३ जनाले फेरि परीक्षा दिनुपर्ने भएको छ। नीट यूजी २०२४ को परीक्षामा ग्रेस मार्क्स पाएकाहरुले फेरि परीक्षा दिनुपर्ने भएको छ। ढिलो पेपर दिएका कारण (लस अफ टाइम) ग्रेस मार्क पाएका उनीहरुलाई फेरि परीक्षा दिनुपर्ने फैसला सुप्रिम कोर्टले सुनाएको हो।
फेरि परीक्षा दिनुपर्ने विद्यार्थीमध्ये ४४ जना टप ६७ भित्रका छन्। उनीहरुको परीक्षा २३ जुनमा तोकिएको छ। ग्रेस मार्किङमा अनियमितता रहेको विषयमा समेत बहश भइरहेकाले यस्तो फैसला आएको हो।
रिट निवेदनमा उक्त परीक्षा लिने नेसनल टेस्टिङ एजेन्सीमाथि पनि रोक लगाउन भनिएको थियो। उक्त रिट फिजिक्सवालाका सीईओ अलख पान्डेले दायर गरेका थिए।
दायर रिटमा ग्रेस मार्क्स दिने फैसला 'मनोमानी' थियो। उनले २० हजार विद्यार्थीमा १५ सय विद्यार्थी ७०-८० ग्रेस मार्क्सका रुपमा दिइएको उल्लेख गरेका थिए।
यसैगरी नीट युजी परीषालदाई लिएर अर्को रिट एसआईओका सदस्य अब्दुल्ला मोहम्मद फैज र डा शेख रोशन मोहिद्दीन दायर गरेका थीउ। उनीहरुले नीट-यूजी २०२४ को नतिजा फिर्ता लिन माग गरेका थिए।
उनीहरुले उल्लेख गरेका छन्, 'पूर्णाङ्क ७२० मा ७१८ र ७१९ प्राप्त गर्न असम्भव देखिन्छ। किनभने सही उत्तरका लागि प्लस ४ र गलतका लागि माइनस ४ अंक दिइन्छ। त्यसो हुँदा कि ७२० हुन्छ, कि ७१६ हुन्छ।' उनीहरुले स्पेसनल सेन्टरका ६७ जनाले ७२० मा ७० पनि प्राप्त गरेका छन्।