काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशकको अन्तर्वार्ता र असार ८ गतेका लागि तोकिएको छ। चिकित्सा शिक्षा आयोगले एक सूचना जारी गर्दै असार ८ गते अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाएको हो।
अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।
चिकित्सा शिक्षा आयोगले यसअघि नै १२ जनाको नामसूची प्रकाशित गरिसकेको छ। मुद्दा परेका कारण नियुक्ति प्रक्रियामा ढिलाइ भएको थियो।उच्च अदालत पाटनको गत जेठ १३ रिट खारेज गरेपछि नियुक्ति प्रक्रिया पुन: अघि बढेको हो।