काठमाडौं– नेपाली कांग्रेसका नेता डा कोइरालाले नेपाल अपाङ्ग संघ अन्तर्गत संचालित नेपाल अर्थोपेडिक अस्पताललाई संघीय सरकारले दिने आर्थिक र अन्य सहयोगको निरन्तरता दिन पहल गर्ने बताएका छन्।
उक्त अस्पतालको अवलोकन गर्दै डा कोइरालाले प्रदेश र स्थानीय सरकारले अस्पतालमा निमुखा र गरिब जनतको गुणस्तरीय हाडजोर्नी उपचारमा लगानी बढाउनुपर्ने बताए।
साथै उनले अत्याधिक बिरामीको चापलाई ध्यान राखी अस्पताललाई आधुनिकिकरण तथा अस्पतालको जनशक्तिलाई उचित तालिम र अस्पतालमा स्नानातकोत्तर पठनपाठनको लाग पहल गर्ने बताएको प्रजातन्त्रबादी चिकित्सक संघका माहासचिव डा संयुक्त आचार्यले जानकारी दिए।