काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले रास्कोट अस्पताल आफ्नो अवधारणमा बनेको बताएका छन्। पार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो अवधारणामा उक्त पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई समेटेको उल्लेख गरेका हुन्।
उनले भने, 'मलाई अस्पताल बनाउन सेलिब्रिटी फिगर चाहिएको थियो। उनलाई अघि सारेर अस्पताल बनाइएको हो।' अस्पताल बनाउने खाकादेखि जग्गाको जोहो गर्ने काम आफूले गरेको बताए।
'रास्कोट गएर जग्गा मिलाइसकेपछि कोही चर्चित अनुहार चाहिन्छ भनेर हेर्दै थिएँ । उनीसँग समर्थन । मेरो नाम चाहिँदैन । तपाईंको नाममा अस्पताल बनाउन आग्रह गरें । उहाँ तयार हुनुभयो,' उनले भने।
आफूले पहिले कालिकोटका लागि आस्क फाउन्डेसनमार्फत् टेलिमेडिसिनका लागि कम गरेको बताए। जुम्लामा आँखा शिविरका लागि गएको बेला कालिकोट पुगेपछि आफूलाई अस्पताल बनाउनुपर्ने लागेको उल्लेख गरे।