काठमाडौं- केन्द्रीय कारागार अस्पतालले देशभर रहेका करिब ३० हजार कैदीबन्दीहरुको स्वास्थ्य अवस्था संकलन गर्देछ।
साउनको दोश्रो हप्तामा अस्पतालको वार्षिक प्रतिबेदन,देशभर सुधारगृहहरुमा रहेका कैदीबन्दीहरुको दीर्घरोग लगायतका स्वास्थ्य अवस्था,७२ जिल्लाका ७५ वटा कारागार कार्यालयमा रहेका सबै सुधारगृहमा स्वास्थ्यकर्मीको दरबन्दी र सेवा प्रवाह, कैदीबन्दीहरुको स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापनमा र प्रेषणमा परेका समस्याहरु लगायतका विषयमा प्राप्त प्रतिवेदन संकलन गरी स्मारिका समेत प्रकाशन गरिने कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
अस्पतालको इन्चार्जहरु लगायत कर्मचारी बैठकबाट अनुमोदित उक्त स्मारिका तथा वार्षीक प्रतिवेदनमा अस्पतालको बिभागीय विश्लेषणात्मक प्रतिबेदन, बीमा,संक्रमण रोकथाम तथा नियन्त्रण, विपद व्यवस्थापन समिति, गुणस्तर समिति, क्लिनिकल अडिट,प्रे्रस्क्रिप्सन अडिट,डेथ अडिट,नेसनल मेडिकल बोर्डलाई सिफारिस गर्ने समिति लगायतका छुट्टाछुट्टै प्रतिवेदन समेत माग गरिएको छ।
समग्र कारागार स्वास्थ्य सुधारका लागी नीति निर्माता तथा एक हजार बढी कैदीबन्दी भएका कारागार कार्यालयका प्रमुखहरुसँग समेत लेखको माग गरिएको प्रमुख डा बुढाथोकीले बताए। गत आ.ब मा कैदीबन्दीको विशेषज्ञ र बिशिष्टिकृत सेवाका लागी संझौता गरिएका सरकारी,सहकारी तथा निजी २३ वटा अस्पताल तथा संस्थाहरुहरुसंग समिक्षात्मक बैठक समेत गरिँदैछ।