दाङ - दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थ्रिएटर सञ्चालनमा आएको छ।
अप्रेसन गर्ने बिरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुइ वटा ओटी सञ्चालनमा ल्याइएको उपकुलपति डा विकास लामीछानेले बताए।
सुविधा सम्पन्न रहेका दुईवटा ओटीको एक कार्यक्रमकाबीच उपकुलपति डा लामीछानेले रिवन काटेर उद्घाटन गर्नु भएको हो। सो अवसरमा उपकुलपति डा लामीछानेल थोेरैमात्रै अप्रेसन थ्रीएटर हुँदा बिरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्र्नुुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि विस्तारै हट्दै जाने बताए।
उनले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरुको थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताउँदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थ्रिएटरको संख्या ६ वटा पुगेको बताए।
त्यस्तै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटि थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि बिरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अबदेखी हट्दै जाने विश्वास ब्यक्त गरे।
यसैगरेर प्रतिष्ठानका ओटी इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा राजन शाक्यले सुरुमा दुई वटा ओटीबाट सुरु गरेको अप्रेसन सेवा अव ६ वटा ओटी भएसँगै सेवालाई ब्यवस्थित गर्नमा थप सहजता मिलेको बताए।
दैनिक २५ वटा बढी अप्रेसन हुँने गरेको जानकारी दिदैँ उहाँले अप्रेसन गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गएकाले ओटि विस्तारमा जोड दिइएको बताए।
प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटी सञ्चालनमा आएसंगै चिकित्सक र नर्ससहीतको स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन भइसकेको बताउदै थोरै ओटी हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अवदेखी त्यो नहुँने विचार गरे।