गर्मी मौसममा वायु प्रदुषण मुख्य गरेर ६ प्रकारका कारणहरुले गराइरहेको हुन्छ। पहिलो अटोमोबाइलको धुवाँ हो। जसबाट कार्बन्डाइअक्साइड र कार्बनमोनोअक्साइड निस्किन्छ। दोस्रो हो विभिन्न उधोग कलकारखानाबाट निस्किने रसायनिक प्रदुषण र बालिनालिमा छर्किने विषादीहरु। यी पनि वायुमण्डलमै मिसिन आइपुग्दछन। तेस्रो धुम्रपानको धुवाँ हो। यो पनि निरन्तर वातावरणमा घुमिरहेको हुन्छ। चौथो समस्या हो अहिलेको जल्दो बल्दो समस्याको रुपमा देखिएको विकासको नाममा भएको बिनासले गर्दा निम्त्याएको समस्या अधिकांस सडक तथा घर भत्काउदाँ निस्कीएको धुलो। वायु प्रदुषणको पाँचौ चुनौति हो काठ फोहोर र कोईला आदी बाल्दा निस्किने धुवाँ जसलाई ब्यालककार्बन सुट भनिन्छ।
त्यस्तै अहीलेको मौसममा पालुवा पलाउने र फुलहरु फुल्ने गर्दछन। वायु प्रदुषणको छैंठौ कारण पालुवा पलाउदा र फुल खेल्दा त्यहाँबाट निस्कने एकप्रकारका भुवाहरु हुन। हुरीबतास यही मौसममा लाग्ने भएकाले पनि ति मसिना कणहरु उडेर हामीसम्म आईपुग्दछन। देशका काठमाडौं बुटबल जस्ता अधीकासं ठुला शहरहरु को कुरा गर्दा यी ६ थरीकै प्रदुषणका समस्याहरु बिधमान छन। जसले मानव शरीरका स्वास्थ्यका अन्य अगंहरु जस्तै छालामा पनि असर पुराएको हुन्छ। साथसाथै गर्मी मौसमको कारण र पछिल्लो समयको फेसनले गर्दा अधिकासं मानिस हरुले शरिरलाई पुरा छोप्ने खालका कपडाहरु शरिरमा नलगाउदाँ पनि खालि शरिरमा धुलोका कण सहितका घामका किरणले समेत छालामा प्रतक्ष असर पारी राखेका हुन्छन।
छालामा पुग्ने हानीः धुलोधुवाँको प्रदुषणले हाम्रो शरीरको बाहिरी अंग छालालाई सबैभन्दा बढी असर गर्दछ। माथी उल्लेखित सबै प्रदुषणले रियाक्टिभ अक्सिजन पिसिज , हानीकारक तत्व उत्पादन गर्दछन। यसले हाम्रो छालामा हुने कोषहरु नास गरिदिन्छ। कोषहरुमा यसले असर पारेसंगै छालामा सुक्कापन बढ्ने , एलर्जी हुने छाला चिलाई रहने समस्या आँउछ। प्रदुयषणले छालालाई एकदमै संवेदनशिल बनाईदिन्छ। जसको कारण छाला खस्रो हुने , चाँया पोतो आउने वा जस्तै देखिने , रङ्गिबिरङ्गी दागहरु आउने लगायतका समस्याहरु देखापर्दछन्। धुलो धुवाँमा लामो समय रहनुपर्यो भने छालामा केही दिर्घ समस्याहरु देखिन थाल्दछन। जसमा छाला चाउरी पर्ने , बुढ्रयौलिका संकेत देखापर्ने। डण्डीफोर आईरहने हुन्छ। छालामा कत्लाहरु जाने हुन सक्दछ। छालामा मात्र नभै कपाललाई पनि यसले असर गर्दछ। कपाल सुक्का हुने , टुक्रने झर्ने आदी समस्या पनि वायु प्रदुषणकै उपज हुन सक्दछ। अहिले हामिकहाँ धेरैजसो मानिसहरु अनुहार चिलाउने ,अनुहारमा दाज आउने , छाला चिलाउने र खस्रो हुने समस्या लिएर आएको पाईन्छ। कतिपयले पुरै शरिर चिलाउने समस्या पनि लियर आएको पाईन्छ। यो सम्पुर्ण कारण भनेकै गर्मी मौसम र प्रदुषणकै कारणले गर्दा भन्न सकिन्छ।
कसरी जोगिने त यो समस्याबाटः धुलो धुवाँबाट जोगिनका लागी सकेसम्म शरीरका सबै भाग छोपिने खालका कपडाहरु लगाउनुपर्दछ। यति गर्दा पनि अनुहार र हातका केहीभाग भने खुलै रहन्छन। त्यसका लागी अनुहारमा माक्स लगाउन सकिन्छ। यसले दोहोरो फाईदा पुराउन सक्दछ। जुन कोरोना लगाएत अन्य भाईरसको बिरुद्वमा पनि महत्वपुर्ण फाइदा हुन सक्दछ। त्यस्तै बाहिर निस्कदा सनग्लास लगाउने र सनब्लक क्रिम प्रयोग गर्ने। सनब्लकको निरन्तर प्रयोगले घामका बिकिरण बाट जोगाउने मात्र नभै धुलोधुवाँलाई सिधै छाला सम्म पुग्न बाटपनि रोक्दछ। यसले छाला बाहीर एउटा तह बनाउदछ। धुलोधुवाँ त्याही टाँसिएर बस्दछ। र छालामा हानी गर्न सक्दैन। बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुन पानीले मिचिमिचि हात मुख राम्रोसँग धुनुपर्दछ। मेकअप गरीएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो। त्यस्तै शुद्द पानी प्रसस्त पिउने बानी बसाल्नु आवश्यक छ।
छालाका लागि लाभदायक एन्टिअक्सिडेन्ट तत्व भएका गोलभेंडा, अंगुर र कागतीको सेवन बढाउनुु प्रदछ। छालामा रहने कोषहरुलाई प्रदुषणको प्रभावबाट चाँडै प्रभाबित हुन नदिन विभिन्न फलफुलको सेवन लाभदायक हुनेछ। फलफलुमा हुने तत्वले त्यसविरुद्व लड्ने शक्ति आर्जन गर्न मद्वत गर्दछ। फलफुलमा पनि आँप सुन्तला मेबा जस्ता रङ्गीन प्रकारका फलफुल हरु प्रसस्त सेवन गर्नु अत्यान्तै महत्व पुर्ण मानिन्छ। त्यासैगरी छालालाई सदा सुन्दर र मुलायम बनाई राख्न सधै नुहाउने, नुहाउदा र अनुहार धुदाँ यकदमै नरमखालको र गुणस्तिरय स्याम्फु , साबुन र क्लिन्जरको प्रयोग गर्नु अत्यान्तै महत्वपुर्ण मानिन्छ।