काठमाडौं– बागमती प्रदेश सरकारमा एमालेका किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो एमालेले लगाएको छ।
मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो।
त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ।
एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन्।