काठमाडौं- झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत पौडेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजिटिभ देखिएको थियो।
सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल लगिएको थियो।