काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्।
'कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा हामी छौं' मन्त्री पौडेलले भने, 'चिनीजन्य सामग्रीमा कर लगाएर भएपनि बीमामा रकम बढाउनुपर्छ।' लगाएर पनि बीमामा रकम बढाउनुपर्छ।'
बीमा आवद्दता, प्रेषण , नवीकरण लगाएतमा पुनरावलोकन गरिने पनि मन्त्री पौडेलको भनाइ द्ध। यसैगरी कार्यक्रममा आवद्द सरकारी तथा गैरसरकारी सेवामा आवद्दहरुको बीदामा एकरुपता ल्याइने पनि उनको भनाइ छ।
आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र नि:शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने मन्त्री पौडेलको योजना छ।