काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्तरका खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका हुन्।
त्यस्तै मन्त्री पौडेलले अस्पतालमा सुनौला हजार दिन कार्यक्रमलाई थप प्रभावकारी बनाइने, काठमाडौंमा प्रदुषण घटाइने तथा शहरी स्वास्थ्य प्रणालीमा सुधार गरिने जानकारी दिएका छन्।