१२ अगस्ट, २०२४, युवाहरूको विश्वव्यापी उत्सव विश्व युवा दिवस उनीहरूको ऊर्जा, उत्साह र क्षमताको सम्मानका लागि मनाउने गरिन्छ। यो दिन स्वास्थ्य, शिक्षा र करियरको आकांक्षा लगायतका युवा सरोकारका महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्ने दिन हो। द्रुत सामाजिक परिवर्तन र यससँगै उत्पन्न हुने स्वास्थ्य चुनौतीहरूको सामना गरिरहेको देश नेपालको सन्दर्भमा विश्व युवा दिवस महत्त्वपूर्ण दिन हो। विशेष गरी युवाहरूमाझ प्रजनन स्वास्थ्यको बारेमा खुला कुराकानी सुरु गर्नु आवश्यक छ।
पछिल्ला वर्षहरूमा यस क्षेत्रमा सकारात्मक परिवर्तनहरू देखिएको छ। पछिल्लो समय नेपालीहरू प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न थालेका छन्। बाँझोपनको बारेमा बढ्दो सचेतनाले भ्रमहरू कम गरेको छ भने यसलेदम्पतीहरूलाई बिना कुनै हिचकिचाहट मद्दत खोज्न प्रोत्साहित समेत गर्न थालेको छ। यसबाहेकइन्दिरा आईभीएफ जस्ता प्रजनन क्लिनिकहरूको स्थापनाले उन्नत उपचारहरूको उपलब्धता सहज हुन थालेको छ।
नेपालमा इन्दिरा आईभीएफको विस्तारले पहुँचयोग्य र किफायती प्रजनन हेरचाहको सुलभ उपलब्धता सुनिश्चित भएको छ। व्यापक चिकित्सकीय सहायता र अत्याधुनिक प्रविधिहरू प्रदान गरेर क्लिनिकले दम्पतीहरूलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन र देशमा बाँझोपन उपचारको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ। इन्दिरा आईभीएफले IVF, ICSI, IUI, एग फ्रिजिङ, स्पर्म फ्रिजिङ, बन्द कार्यकक्ष, चौबिस घण्टे निगरानी प्रणाली, उन्नत इन्क्यूबेटर र अन्य धेरै उन्नत प्रविधिहरू सहित आईभीएफ सेवा र प्रविधिहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ।
जीवनशैलीको महत्व
स्वस्थकर जीवनशैली नै प्रजनन कल्याणको आधारशिला हो। राम्रो पोषण, नियमित व्यायाम र तनाव व्यवस्थापनले इष्टतम प्रजनन क्षमतामा योगदान पुर्या्उँछ। इन्दिरा आईभीएफ नेपालले सानैदेखि स्वस्थ्य बानीहरू अपनाउनु पर्ने महत्त्वलाई जोड दिन्छ। युवाहरूलाई पुरुष र महिला दुवैको जीवनशैली र प्रजनन क्षमता बीचको सम्बन्धको बारेमा शिक्षित गरेर क्लिनिकले उनीहरूलाई उनीहरूको प्रजनन स्वास्थ्यको संरक्षण गर्न सक्रिय कदमहरू चाल्न सशक्तिकरण गर्दछ।
अण्डा फ्रिजिङ
शिक्षा, क्यारियरवा व्यक्तिगत लक्ष्यहरू पछ्याउने युवा महिलाहरूको लागिअण्डा फ्रिजिङले बहुमूल्य विकल्प प्रदान गर्दछ। उनीहरूलेप्राइम उमेरमै आफ्ना अण्डाहरू सुरक्षित गरेर आफ्नो प्रजनन क्षमतामा सम्झौता नगरी मातृत्वमा ढिलाइ गर्न सक्छन्। इन्दिरा आईभीएफ नेपालले महिलाहरूलाई उनीहरूको प्रजनन यात्राको बारेमा सूचित निर्णय लिन मद्दत गर्न उन्नत अण्डा फ्रिजिङ प्रविधि र व्यक्तिगत परामर्श समेत प्रदान गर्दछ।
शुक्रकीट फ्रिजिंग
चिकित्सा उपचारको सामना गरिरहेका युवा पुरुष वा भविष्यको लागि आफ्नो शुक्राणु फ्रिज गर्न चाहनेहरूले शुक्राणु फ्रिज गरेर फाइदा लिन सक्छन्। यो प्रविधिले पुरुषहरूलाई भविष्यमा प्रयोग गर्नको लागि आफ्नो शुक्राणु सुरक्षित गर्न सघाउँदै मानसिक शान्ति र अभिभावकत्वको विकल्पहरू प्रदान गर्दछ। इन्दिरा आईभीएफ नेपालले उच्च गुणस्तरको संरक्षण सुनिश्चित गर्न अत्याधुनिक शुक्राणु फ्रिजिङ सुविधा र विशेषज्ञ मार्गदर्शन प्रदान गर्दछ।
विश्व युवा दिवस युवाहरूको अपार सम्भावनाको सम्मान गर्ने दिन हो। इन्दिरा आईभीएफ नेपाल प्रजनन स्वास्थ्यको लागि समग्र दृष्टिकोण प्रवर्द्धन गरेर युवाहरूको सपना र आकांक्षालाई समर्थन गर्न प्रतिबद्ध छ। शिक्षा, जागरूकतार उन्नत प्रविधिको माध्यमबाटक्लिनिकले व्यक्तिहरूलाई सूचित छनौटहरू गर्न र उनीहरूको प्रजनन भविष्य सुरक्षित गर्न सशक्त बनाउँछ।
इन्दिरा आईभीएफको बारेमा
इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेषतायुक्त क्लिनिक चेन हो जसका देशभर १४० बढी केन्द्रहरू रहेका छन्। ३,१०० भन्दा बढीको उत्साही कार्यबलद्वारा समर्थित इन्दिरा आईभीएफले एक वर्षमा लगभग ४५,००० भन्दा बढी आईभीएफ प्रक्रियाहरू सम्पन्न गरेको छ जुन देशभरिमै सबैभन्दा ठूलो संख्या हो।
एक जिम्मेवार र अग्रणी संस्थाको रूपमाइन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त कलंक, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि प्रतिभा विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ। सन् २०२३ मा BPEA-EQले संगठनमा रणनीतिक रूपमा लगानी गरेको थियो। इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा भारत, राजस्थानको उदयपुरमा डा. अजय मुर्डियाद्वारा गरिएको हो।