काठमाडौं- वीर अस्पतालमा कार्यरत इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ। वीरको इन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको हो। वीर अस्पतालमै एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा बिहीबार उनको निधन भएको हो।
साघुरिएको मुटुको उपचार गर्न आफैले गाडी चलाएर आफैले काम गर्ने वीर अस्पताल पुगेकी थिइन्।
परीक्षणपछि मुटु विभागका चिकित्सकहरुले एन्जीयोप्लास्टी गरेर साँघुरिएको दुईवटा रक्तनलीमा स्टेन्ट हालेका थिए। तर अचानक उनको स्वास्थ्य बिग्रीएपछि मुटु बन्द भयो र उनको निधन भयो।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले एन्जीयोप्लास्टी अहिले सामान्य भनिए पनि कहिलेकाँही नसोचेका जटिल समस्या आइदिने भन्दै नर्सिङ इन्जार्च रेग्मीको केशमा पनि त्यहि भएको बताए।
‘वीर अस्पतालको पुरानो र सिनियर दिदी हो। हिजो सम्म बिरामीको सेवा गरिरहेको र आज पनि आफै गाडी हाँकेर आउनु भएको थियो। साँघुरिएको मुटुको रक्तनलीमा स्टेन्ट हाल्नका लागि वीरकै विभागमा भर्ना हुनुभयो। तर एक्कासी कम्प्लिकेसन आएपछि उहाँको निधन भयो ,’ डा पौडेलले भने।