काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाउन पहल गर्ने बताएका छन्।
प्रयोगशालाको अवलोकनपछि उनले प्रयोगशालाको सेवालाई थप व्यवस्थित बनाउन क्षमता बढाउन आवश्यक रहेको बताए।
मन्त्री पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आफ्नो होलबडी चेकअपसमेत गराएका हुन्। पौडेलले प्रयोगशालाको अवलोकन पछि अवलोकनपछि प्रयोगशालाको सेवालाई थप व्यवस्थित, सरलिकृत र सस्तो बनाउन प्रयास गर्ने बताएका छन्।
उनले प्रयोगशालाले जनतालाई राम्रोसँग सेवा प्रवाह गरिरहेको भन्नेमा आफू विश्वस्त रहेको पनि बताए।
नेपालबाट देशबाहिर बिरामीको नमुना लगेर गरिने परीक्षण सकेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्नेगरी क्षमता बढाउन नीतिगत काम गर्ने, क्यान्सरको कारण पहिचानका लागि गरिने परीक्षण देशभित्रै मिलाउने व्यवस्था गर्न गर्नुपर्ने कामबारे छलफल समेत गरेका थिए।