काठमाडौं- दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ।
सो कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरीसम्झौता गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा विनोद साहबीच हस्ताक्षर भयो।
दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ। योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ।
हाल ५२ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चुक्ता पुँजी बृद्धि गर्दैछ। पुँजी बृद्धिपछि यस कम्पनीले आईपिओ निष्काशनगर्ने भएको हो। सोकालागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो।
एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुंजीबृद्धी र व्यवशायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ। मिरा बायोटेकलाई पनि आईपिओ निष्काशन अगाडि पुँजीबृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तिय व्यवस्थापकिय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ। यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ।