बैतडी– बैतडीमा जबजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
जिल्लाको सिगास गाउँपालिका-२ बस्ने धामी थरका स्वास्थ्यकर्मी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।
बुधबार ३१ वर्षीया एक महिलाले धामीले आफूमाथि बलात्कार गरेको भनी दिएको जाहेरीका आधारमा उनलाई बुधबार साँझ पक्राउ गरिएको गिरीले बताए।
सिगास गाउँपालिका अन्तर्गत रहेर स्वास्थ्य संस्थामा काम गर्ने धामीलाई पक्राउ गरिएको हो। पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। स्थानीय र जनप्रतिनिधीहरुले सो विषय मिलाएका थिए।