काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा स्वास्थ्य क्षेत्रबाट दुई टिममा लगानी गरिएको छ। चितवन मेडिकल कलेज र फर्चुना हेल्थ केयर टिम किनेका हुन्।
चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका हुन्। चितवनले १ करोड ७६ लाखमा उक्त टिम प्राप्त किनेको हो र फर्चुनाले १ करोड ८६ लाखमा लुम्बिनी किनेको हो।
अन्य टिम कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्सले किन्दा विराटनगरको मालिक एमएडी ड्रीम्स स्पोर्ट्स बनेको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ।
सबै टिमले मार्की खेलाडि समेत प्राप्त गरेका छन् । चितवनको कुशल मल्ल पाएको छ भने लुम्बिनीले नेपाली टिम कप्तान रोहित पौडेले प्राप्त गरेको छ।
काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, , विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्। एनपिएल आगामी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ।