काठमाडौं- निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने काठमाडौं- निप्पोन फाउन्डेशनले आगामी वर्ष कुष्ठरोग सम्बन्धि राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने भएको छ।
फाउन्डेशनका अध्यक्ष योहेइ सासाकावाले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन्। जापानमा जन्मिएका सासाकावा कुष्ठरोग निवारणका लागि विश्वस्वास्थ्य संगठनका सद्भावना राजदूतका रुपमा काम गर्दै आइरहेका छन्। उक्त भेला आयोजनामा सहकार्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वास्थ्य मन्त्रालयलाई समेत अनुरोध गरिने उनले जानकारी दिए।
पत्रकार सम्मेलनका बोल्दै उनले नेपालले कुष्ठरोगको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हांसिल गरेको समेत बताए। 'कुष्ठरोगलाई अझै पनि भगवान्ले दिएको सजायको रुपमा लिने गरिन्छ' उनले भने, 'यसले पीडा नहुने कारण रोगको पहिचान ढिलो गरेर मात्रै हुने गर्छ'।
कुष्ठरोग भगवान्ले दिएको सजाय नभई आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग भएको उनले बताए।
नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो प्रति १०,हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ। नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १० हजार जनसंख्यामा ०.८९ कुष्ठरोगी थिए। कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास रहेकोले यसलाई नेपालबाट पूर्ण रुपमा हटाउन सबैबीच सहकार्य हुन आव