काठमाडौं- आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको साइबर ब्युरोले जनाएको छ।
विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ।