विश्वभरिका करिव एक सय ५३ देशमा राष्ट्रिय संगठन र ४० लाख बढी फार्मासिस्टहरु सदस्य रहेको अन्तराष्ट्रिय फर्मास्युटिकल महासंघ(FIP) परिषद्को सन् २००९ मा टर्कीको इस्तान्बुलमा बसेको बैठकले सेप्टेम्बर २५ लाई हरेक वर्ष विश्व फार्मासिस्ट दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेसँगै यो दिवस मनाउने परम्पराको सुरुवात भयो। यसले विश्वभरका फार्मासिष्टलाई स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति भूमिका निर्वाह गर्न प्रोत्साहन गर्दै विभिन्न गतिविधिमा जस्तै औषधिको समुचित प्रयोग, बिरामीको रक्षा, प्रतिजैविक प्रतिरोध, अनुसन्धान र नवप्रवर्तन लगायतका विषयमा विज्ञदेखि विद्यार्थीसम्मलाई संलग्न गराउँदै आएको छ।
यसै सन्दर्भमा नेपालमा पनि अघिल्ला वर्षहरु जस्तै, आजको दिन विभिन्न सचेतना कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, र्याली , तालिम, गोष्ठी आदि गरेर मनाइँदैछ। पन्ध्रौ फार्मासिष्ट दिवस २०२४ को मुख्य नारा "फार्मासिस्ट : विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न" भन्ने छ। यस नाराले विशेषत फार्मासिस्टहरूले विश्वव्यापी स्वास्थ्य प्रणालीहरूमा खेल्ने महत्वपूर्ण भूमिकालाई उजागर गर्दछ। फार्मासिस्टहरू स्वास्थ्य सेवा प्रणालीका अभिन्न सदस्य हुन् ,जस्ले विश्वभरका स्वास्थ्य आवश्यकताहरु पुरा गर्न महत्वपुर्ण भूमिका खेल्छन। औषधि व्यवस्थापन, रोग रोकथाम, र बिरामी हेरचाहमा सक्रिय रूपमा संलग्न छन्। कोभिड-१९ महामारीको समयमा, फार्मासिस्टहरूले खोप वितरण, जनचेतना फैलाउने र स्वास्थ्य सेवामा सहयोग गर्ने कार्य गरेका थिए। यसले देखाउँछ कि कसरी फार्मासिस्टहरूले सामुदायिक स्वास्थ्य सुधार गर्न सक्रिय भूमिका खेल्न सक्छन्। फार्मासिस्टहरूले सुरक्षित र प्रभावकारी औषधि प्रयोग सुनिश्चित गर्न, स्वास्थ्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। फार्मासिस्टहरू स्वास्थ्य मार्गदर्शन र प्राथमिक उपचारका लागि पहिलो सम्पर्क बिन्दुका रूपमा काम गर्छन्।
उनीहरूले आवश्यक औषधिहरूको पहुँच सुनिश्चित गर्दै विभिन्न स्वास्थ्य आवश्यकताहरूलाई सम्बोधन गर्छन्।नयाँ औषधिहरूको विकास र अनुसन्धानमा सक्रिय रूपमा भाग लिन्छन्, जसले स्वास्थ्य सेवाहरूको गुणस्तर सुधार गर्न मद्दत गर्दछ। विश्वव्यापी स्वास्थ्य चुनौतिहरु: माहामारी, दिर्घकालिन रोगहरु, प्रतिजैबिक प्रतिरोध महामारी पछिल्लो समय विश्व विभिन्न महामारीले आक्रान्त बनाइरहेको छ, माहामारीको समयमा फार्मासिष्टहरुको भूमिका अत्यन्तै महत्वपुर्ण हुन्छ।
औषधि वितरण : फार्मासिष्टहरुले बिरामीको आवश्यक औषधिहरु वितरण संगै तिनीहरुको प्रयोग बारे जानकारी दिन्छन।
स्वास्थ्य शिक्षा: माहामारीको समयमा फार्मासिष्टहरुले जनतालाई स्वास्थ्य र सुरक्षा बारे महत्वपूर्ण जानकारी प्राप्त गर्न मद्दत गर्दछ्न। jlशेषगरी लक्षण र रोकथामका उपायहरुमा केन्द्रित हुन्छ्न
औषधि आपूर्ति शृंखला व्यवस्थापन: माहामारीको समयमा आवश्यक औषधिहरुको निरन्तर आपूर्ति सुनिश्चीत गर्न फार्मासिष्टहरुको प्रमुख भूमिका हुन्छ।
दीर्घकालिन रोगहरु
नसर्ने रोगको बृदिले स्वास्थ्य प्रणालीमा थप चाप बढाएको छ जसले गर्दा बिरामीको उपचार र ब्यबस्थापनमा थप चुनौतीहरु उत्पन्न भएको छ। नसर्ने रोगहरु (जस्तै मधुमेह,उच्च रक्तचाप) को व्यवस्थापनमा फार्मासिष्टहरुले औषधि उपचार व्यवस्थापन र जीवनशैली परामर्श प्रदान गर्न सहयोग गर्दछन।
प्रतिजैविक प्रतिरोध
प्रतिजैविक प्रतिरोध ( AMR) एक विश्वव्यापी स्वास्थ्य चुनौती हो यसले औषधिहरुको प्रभावकारिता कम गर्दै गईरहेको छ।जसले गर्दा साधारण संक्रमणहरुको उपचार पनि कठिन बन्दै गइरहेको छ विश्व स्वास्थ्य संगठनको प्रक्षेपणका अनुसार २०५० सम्ममा करिब १ करोड मानिस प्रतिजैविक प्रतिरोधका कारण मृत्युवरण हुने। प्रतिजैविक प्रतिरोधको समस्या यसका विभिन्न कारणहरुमा औषधिको अनुचित प्रयोग,अस्वस्थकर वातावरण लागएत छन, यस जनस्वास्थ्य समस्या निराकरणमा फार्मासिस्टहरुको भूमिका महत्वपुर्ण हुन्छ। नेपाल सरकारले प्रतिजैविक प्रतिरोध रोकथामकालागि राष्ट्रिय कार्ययोजना २०८१-०८५ पारित गरि कार्यान्वयनमा आएको छ जस भित्र ५ प्राथमिकता रहेका छन्
१.प्रभावकारी सञ्चार, शिक्षा र प्रशिक्षणमार्फत प्रतिजैविक प्रतिरोध सम्बन्धी सचेतना र बुझाइमा सुधार ल्याउने
२. निरन्तर निगरानीमार्फत प्रतिजैविक प्रतिरोध सम्बन्धी ज्ञान र प्रमाणलाई सुदृढ बनाउने,
३. प्रभावकारी सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपायहरू मार्फत सङ्क्रमण दरलाई न्यूनीकरण गर्ने
४.मानव, पशुपन्छी र खाद्यपदार्थमा प्रतिजैविक औषधिको समुचित प्रयोग गर्ने
५. मानव, पशुपन्छी र खाद्यपदार्थमा प्रतिजैविक औषधिको समुचित प्रयोग गर्ने छन् यी सबै प्रयासमा फार्मासिस्टहरुको प्रमुख भूमिका महत्वपूर्ण रहन्छ।
अन्तमा सेप्टेम्बर २५ मा विश्व फार्मासिस्ट दिवस मनाउँदै गर्दा, संसारभरका फार्मासिस्टहरूले स्वास्थ्य सेवामा दिएको योगदानलाई सम्झनु हामि सबैको कर्तब्य हो र फार्मासिस्टहरूको प्रयासलाई सहयोग गर्नु हाम्रो दायित्व हो। फार्मासिस्टहरूको विज्ञताले केवल व्यक्तिगत बिरामीका परिणामहरू सुधार गर्दैन, बरु समग्रमा विश्व स्वास्थ्य प्रणालीलाई पनि सुदृढ बनाउँछ।