काठमाडौं- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले पदभार ग्रहण गरेका छन्। बुधबार वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक डा ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको थियो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनलाई कार्यकालको शुभकामना दिँदै पदभार ग्रहण गराइएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म सामाजिक विकास मन्त्रालय मातहत रहेकोम छ । कानुन संशोधन गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार हस्तान्तरण गर्ने तयारी सरकारले गरेको छ।