काठमाडौं- नेपाल प्रिमियर लिग लुम्बिनी लायन्सका खेलाडी स्वास्थ्य परिक्षण गर्न क्लबको मेडिकल पार्टनर रहेको ह्याम्स अस्पतालम पुगेर चेकजाँच गराएका छन्।
क्लब र अस्पाताल बिच भएको सम्झौता अनुसार शुक्रवार लुम्बिनी लायन्सका खेलाडीले ह्याम्स अस्पताल पुगेर प्याकेज जाँच गराएका हुन्।
सम्झौतामा नेपाल प्रिमियर लिगको अभ्यास तथा खेलका दौरानमा कुने चोटपटक लागे ह्याम्म अस्पताल क्लबको अस्पताल पार्टनरका रुपमा उपचार गर्ने भनिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित कुमार पौडेलले राम्रो सेवा दिइरहेको ह्याम्स अस्पतालमा क्लबका सबै खेलाडिले प्याकेज जाँच गरेको बताउँदै राम्रो चेक भएको र अस्पतालको सेवा पनि राम्रो लागेको बताए।