काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको खेल सुरु भएको छ। चितवन मेडिकल कलेजको लगानी रहेको चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्दैछ। नेपाली खेल क्षेको उत्सवका रुपमा लिइएको एनपीएलमा मेडिकल क्षेत्रको योगदान महत्वपूर्ण देखिएको छ।
तीन टिममा मेडिकल क्षेत्रका व्यवसायीको प्रत्यक्ष लगानी देखिएको छ। चितवन मेडिकल कलेज बाहेक लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो।
त्यसैगरी पोखरा एभेन्जर्समा पनि मेडिकल उपकरण व्यवसायमा संलग्नहरुको लगानी रहेको छ। नेपाल टी २० प्रालिमा मेडिकल व्यवसायीहरु रहेका छन्। पोखरा सवैभन्दा महंगो ३ करोड ५७ लाखमा किनिएको हो। चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका हुन्। चितवनले १ करोड ७६ लाखमा उक्त टिम प्राप्त किनेको हो र फर्चुनाले १ करोड ८६ लाखमा लुम्बिनी किनेको हो।
मेडिकल क्षेत्रको अप्रत्यक्ष लगानी पनि देखिएको छ। लुम्बिनी लायन्सको मेडिकल पार्टनरका रुपमा ह्याम्स अस्पतालले सहयोग गरेको छ। त्यसैगरी काठमाडौं गुर्खाजलाई नेपाल मेडिसिटी अस्पतालले सहयोग गरेको छ।
मेडिकल व्यवसायीहरुका टिमले खेललाई रोचक बनाउन पनि खर्चेका छन्। बसमा समर्थक ओसार्नेदेखि खाना खुवाउनेसम्मका उनीहरुका अफर छन्।अन्य टिम कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्स, एमएडी ड्रीम्स स्पोर्ट्सलाई विराटनगरले किनेको छ।