काठमाडौं- शिक्षण अस्पतालका चिकित्सकहरुले आफ्नै नेतृत्वमा सातौं कलेजो प्रत्यारोप सफल तुल्याएका छन्। अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेश सिंह भण्डारीको नेतृत्वमा गरिएको यो सातौं प्रत्यारोपण हो।
शिक्षण अस्पतालमा गरिएको भने १६ औं हो। ७ भन्दा अघिल्ला प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइएको थियो।
दुई हप्ताअघि ३२ वर्षीया युवतीले आफ्नी आमालाई कलेजो दिएकी छिन्। ५४ वर्षीया आमालाई छोरीले कलेजो दान गरेकी हुन्। दान गर्ने छोरीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने चाँडै प्रत्यारोपित पनि डिस्चार्ज हुने चिकित्सकले बताएका छन्।
-1736685802.jpg)