काठमाडौं - औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका रिजर्भ औषधि (एन्टिबायोटिक) खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ।
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।
विभागले भनेको छ, 'प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरुको खपत बढ्दै गईरहेको, पशुपन्क्षीमा प्रयोग हुने औषधिहरुको प्रयोग सम्बन्धि प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सुचना जारी गरिएको छ।'
हेरौं सूचना
