काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन्।
उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित तीन सदस्यीय समितिले उपकुलपतिका लागि तीनै जनाले एक एक जना गरी छुट्टाछुट्टै नाम सिफारिस गरेका थिए। तीन जनाले सिफारिस गरेको नाम भने गोप्य राखिएको थियो।
सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। वाग्ले यसअघि केयूको रजिष्ट्रार थिए।
केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए।
उपकुलपतिका लागि २० जनाले आवेदन दिएका थिए।