काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा सदस्य पदतर्फको मतगणनाले रोचक मोड लिएको छ। पछिल्लो परिणामअनुसार ६ जना उम्मेदवार जितको नजिक पुगेका छन् भने बाँकी २ सिटका लागि ४ जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हालसम्मको मतगणनामा डा. छबीलाल पन्थी ४,४४८ मत (४१.१९ प्रतिशत) सहित शीर्ष स्थानमा छन्। उनलाई पछ्याउँदै डा. सारिका गोइतले ४,१५८ मत (३८.५० प्रतिशत) प्राप्त गरेका छन्। त्यसैगरी डा. दिपेन्द्र पाण्डे ३,६०५ मत (३३.३८ प्रतिशत) सहित तेस्रो स्थानमा छन् भने डा. योविन कुमार यादव ३,३७२ मत (३१.२२ प्रतिशत) सहित चौथो स्थानमा छन्।
यस्तै, डा. अस्मिता पोखरेलले ३,०३५ मत (२८.१० प्रतिशत) र डा. सम्राट पराजुलीले ३,०२६ मत (२८.०२ प्रतिशत) प्राप्त गर्दै जितनजिक देखिएका छन्।
बाँकी २ सिटका लागि भने डा. रबिन बस्नेत (२,७८८ मत), डा. कुम्भराज जोशी (२,७५५ मत), डा. नीना राई (२,७५३ मत) र डा. घनश्याम पाण्डे (२,७३४ मत) बीच तीव्र प्रतिस्पर्धा देखिएको छ। यी चारै उम्मेदवारबीच मतान्तर निकै कम भएकाले अन्तिम नतिजा बाँकी मतगणनाले निर्धारण गर्ने देखिन्छ।
मतगणना अझै जारी रहेकाले सदस्यतर्फको अन्तिम सूचीमा परिवर्तन हुन सक्ने सम्भावना कायमै रहेको निर्वाचन समितिले जनाएको छ।