काठमाडौं- स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ ।
भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए। अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । ‘यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ”, विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए।
एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ । सरकारी तथा निजी अस्पतालमा हाल २०० भेन्टिलेटर पनि छैनन् । खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्देश डा पन्तले जानकारी दिए। रासस