काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालका निधन भएको छ । बिहान अचेत अवस्थामा भेटिएका उनको अस्पताल लैजाँदा लैजाँदा मृत्यु भएको माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घतिले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘बिहान अचेत भेटिएपछि अस्पताल पुर्याइएको थियो । चिकित्सकले बाटोमै मृत्यु भइसकेको जानकारी दिएका छन् ।' उनको हृदयाघातका कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सले जनाएका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।