सन्तुलित र स्वस्थ्य भोजन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसैगरी दिनको सुरुवात सन्तुलित खानेकुराबाट गर्नु अझै महत्वपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
हामीमध्ये कतिपय बिहानको खाजा खाँदैनौं वा भनौं मन पराउँदैनौं । खानेकुरा मन नपराएर होइन कि बिहान उठ्नासाथ दूध, सुपसँग अन्डा वा केही खाने सोच नै हामीलाई उचित लाग्दैन । तर बिहानको खाजा (ब्रेकफास्ट) हामीले गर्ने भोजनमध्ये सबैभन्दा महत्वपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
हामीले बिहान खाजा खानुपर्ने र त्यसमा स्वस्थ्यकर खानेकुरा समावेश गर्नैपर्ने चिकित्सकहरू बताउँछन् । उनीहरूको भनाइलाई विभिन्न अध्ययनले पुष्टि गर्दै आएका छन् ।
हालै जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलजीमा प्रकाशित एउटा नयाँ अध्ययनले बिहान खाजा खानेहरूको मुटु स्वस्थ रहने निष्कर्ष निकालेको छ । किनभने बिहानको खाजाले शरीरको वजन र कोलेस्टरोलको स्वस्थ स्तर कायम गर्न सघाउँछ । ब्रेकफास्ट नगर्नेहरूको धमनी कडा हुने जोखिम बढेको अध्ययनकर्ता समूहले पत्ता लगाएको छ । ब्रेकफास्ट नगर्दा धमनी (मुटुबाट शरीरभर सफा रगत जाने नशाहरू)मा प्लेक (चिल्लो पदार्थलगायत फोहर) जम्मा भएर साँघुरो हुने र धमनी कडा हुने जोखिम बढ्ने पत्ता लगाएका छन, जसलाई एथरोस्क्लेरोसिस भनिन्छ ।
सुन्दा अचम्म लाग्दैन त, जाबो ब्रेकफास्ट नगर्दा मुटुसम्बन्धी रोग लाग्ने जोखिम बढ्ने कुराले !
तर अध्ययनकर्ताहरूले ब्रेकफास्ट नगर्नेको 18 नै अस्वस्थकर हुने, अस्वस्थकर भोजन गर्ने सम्भावना बढ्ने, धुमपान र मद्यपान लतको सम्भावना धेरै हुने पत्ता लगाएका छन् । साथै ब्रेकफास्ट नगर्नेहरू चाँडै रिसाउने र शरीरको वजन धेरै हुने वा अत्यधिक मोटाउने सम्भावना पनि धेरै रहने अध्ययनबाट निष्कर्ष निकालेको छ ।
‘नियमित रुपमा ब्रेकफास्ट नखानेहरूको समग्र 18 नै अस्वस्थकर हुने सम्भावना बढ्छ,’ अध्ययनकर्ता समूहका माउन्ट सिनाइ हार्टका कार्डियोलजिस्ट र द जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलजीका सम्पादक डाक्टर भ्यालेन्टिन फस्टरले भने, ‘अध्ययनले मुटुसम्बन्धी रोगको जोखिम घटाउन मानिसहरूको यो खराब बानी तत्काल सुधार गर्नुपर्ने देखाएको छ ।’
अध्ययनकर्ताहरूले गरी कुल ४ हजार ५२ जना मुटुसम्बन्धी र मिर्गौलासम्बन्धी कुनै रोग नलागेका स्वस्थ पुरुष र महिलाको भोजनको अध्ययन गरेका थिए । उनीहरूले कम्प्युटरबाट सहभागीको खाने बानी खासगरी बिहान ब्रेकफास्टमा कति क्यालोरी खान्छन् विश्लेषण गरेका थिए ।
अध्ययनकर्ताले सहभागीमध्ये २.९ प्रतिशतले ब्रेकफास्ट छाड्ने गरेको, ६९.४ प्रतिशतले भने थोरै क्यालोरीको ब्रेकफास्ट गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यसैगरी २७.७ प्रतिशत सहभागीले २० प्रतिशतभन्दा बढी क्यालोरीयुक्त बे्रकफास्ट गर्ने गरेका थिए ।
नियमित ब्रेकफास्ट गर्नेको तुलनामा ब्रेकफास्ट नगर्ने÷छाड्ने र थोरै क्यालोरीको ब्रेकफास्ट गर्नेहरूमा एथरोस्क्लेरोसिसको जोखिम बढी हुने तथ्य पत्ता लाग्यो । अझ ब्रेकफास्ट नगर्ने÷छाड्नेहरूमा मोटो कम्मर, बिएमआई (बडी मास इन्डेक्स–शरीरको वजन धेरै), उच्च रक्तचाप, रगतको लिपिड स्तर बढी र फास्टिङ ग्लुकोज स्तर पनि धेरै पाइएको थियो ।
‘ब्रेकफास्ट नगर्दाको प्रत्यक्ष परिणाम कार्डियोभास्कुलर जोखिम बढ्ने मात्र नभएर खानेकुरा र 18 नै अस्वस्थकर हुने पाइयो । यसको परिणामस्वरुप एथरोस्क्लेरोसिसको सम्भावना उच्च हुने भयो,’ टफ्ट युनिभर्सिटीको फ्राइडम्यान स्कुल अफ न्युट्रिसन साइन्स एन्ड पोलिसीमा सह–प्राध्यापक तथा अध्ययनकर्ता जोजे एल पेनाल्भोले भने, ‘अध्ययनको निष्कर्ष स्वास्थ्यकर्मीहरूका लागि महत्वपूर्ण छ । यसलाई मानिसहरूको 18मा परिवर्तन गर्न र सार्वजनिक स्वास्थ्य रणनीति तर्जुमा गर्दा उपयोगी हुनेछ ।’