काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार ओम हस्पिटलमा पुगेर कांग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री देउवाले निधिको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी प्रचारका क्रममा सास फेर्न असहज महसुस भएपछि गत सोमबार काठमाडौं आएर सो अस्पतालमा भर्ना भएका थिए।
निधिको पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ। चिकित्सकहरुले निधिलाई केही दिन आराम गर्न सुझाव दिएका छन्।
यसअघि मंगलबार पूर्व राष्ट्रपति रामवरण यादवले पनि निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।