काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित पक्राउ परेका एक जना हेल्थ असिस्टेन्टलाई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
जिल्ला अस्पताल गौरमा छैटौं तहमा कार्यरत हेल्थ असिस्टेन्ट प्रवीणकुमार झा विरुद्ध अख्तियारले शुक्रबार आरोपपत्र दायर गरेको हो।
झा अस्पताल भवन पुन:निर्माण कार्य सकिए पश्चात् कार्य सम्पन्न प्रतिवेदन बनाउने क्रममा एक लाख रुपैयाँ घुस मागिरहेको अवस्थामा पक्राउ परेका थिए। आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले झालाई रंगेहात पक्राउ गरेको हो।
आरोपपत्रमा उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदावी गरिएको छ।