काठमाडौं- स्वास्थ्य मन्त्रालयकी सचिव डा किरण रेग्मीले सरकारी सेवाबाट अवकास पाएकी छिन्। उमेरका कारण उनले आजबाट अनिवार्य अवकास पाएकी हुन्।
अनिवार्य अवकास पाएकी सचिव डा रेग्मीलाई स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम गरी बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा सचिव रेग्मीले छोटो समयमा पनि उल्लेख्य काम गर्न सकेको बताइन्।
२०४४ सालबाट सरकारी सेवा प्रवेश गरेकी डा रेग्मी गत असार ८ गते सचिवमा बढुवा भएकी थिइन्। ३० बर्से सरकारी सेवाका क्रममा उनले करिब २४ वर्ष उपत्यकाबाहिरै काम गरिन्।
सचिव डा रेग्मी सेवानिवृत्त भएपछि निमित्त सचिवको जिम्मेवारी मन्त्रालयकी प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीलाई दिइएको छ।