काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार आँखा परीक्ष्ण गराएकी छिन् ।
शिक्षण अस्पताल महाराजगञ्जसँगै रहेको विपी कोइराला लायन्स आँखा अनुसन्धान केन्द्र पुगेर उनले आँखाको चेकजाँच गराएकी हुन् ।
अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा आनन्द शर्मा लगायतको टोलीले उनको आँखा जाँच गरेको हो । नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनले आज आँखा जाँच गराएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।