काठमाडौं- प्रतिनिधिसभाको चुनावी मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्री गगन थापा विजयी भएका छन् । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व मन्त्री थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई पछि पार्दै चुनाव जितेका हुन्।
पूर्व स्वास्थ्य मन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
यस्तो छ अन्तिम मतपरिणाम
गगन थापा (कांग्रेस) २१ हजार ५ सय ५१
राजन भट्टराई (एमाले) १८ हजार १ सय ४०
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।