काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा कास्की र महोत्तरीमा दुई पूर्व स्वास्थ्य मन्त्री चुनावी मैदानमा छन् । महोत्तरी क्षेत्र नम्बर १ बाट पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल चुनावी मैदानमा छन् भने कास्की क्षेत्र नम्बर १ बाट खगराज अधिकारी मैदानमा छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका पोखरेलले ४ हजार एक सय ७४ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई संघीय समाजवादी फोरम नेपालका उम्मेदवार लक्ष्मी महतोले पछ्याइरहेका छन् । महतोले ३ हजार ६ सय २८ मत ल्याएका छन् । यस्तै तेस्रो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार सिताराम भण्डारी छन् । भण्डारीले १६ सय ८२ मत ल्याएका छन् ।
यस्तै, कास्की १ मा पूर्व स्वास्थ्य मन्त्री अधिकारी पनि फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । अधिकारीले १७ हजार १ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका यज्ञ बहादुर थापाको १० हजार ९ सय ३६ मत आएको छ ।