रुपन्देही- स्वास्थ्य मन्त्री दीपक बोहरा फराकिलो मतले पछाडि परेका छन् । प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदानमा उत्रेका स्वास्थ्य मन्त्री बोहरा पछिल्लो मत परिणाम अनुसार दोस्रो स्थानमा छन् । उनलाई एमालेका उम्मेदवार घनश्याम भुषालले सुरुदेखि नै उछिन्दै आइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार मन्त्री बोहरा भुषालभन्दा १८ सय ८६ मतले पछि परेका छन्। भुषाल १५ हजार ८ सय २५ मतसहित अग्रस्थानमा छन्। मन्त्री बोहराले १३ हजार ९ सय ३९ मत ल्याएका छन् । मन्त्री बोहरा राप्रपा प्रजातान्त्रिकबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।