बारा- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी झिनो मतले अग्रस्थानमा छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका चौधरीको मतान्तर भने घट्दै गइरहेको छ।
पछिल्लो मतपरिणाम अनुसार चौधरी ७ मतले मात्र अगाडि छन् । चौधरीले ९ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका अच्युत प्रसाद मैनालीले ९ हजार ८ सय ६१ र राजपाका रामकिशोर प्रसाद यादवले १४ सय ५ मत प्राप्त गरेका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।