रुपन्देही- स्वास्थ्य मन्त्री दीपक बोहरा फराकिलो मतले पराजित भएका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदानमा उत्रेका मन्त्री बोहरा ५४ सय ५४ मतान्तरले पराजित भएका हुन्।
उनलाई एमालेका उम्मेदवार घनश्याम भुषालले सुरुदेखि नै उछिन्दै आइरहेका थिए।
एमालेका उपमहासचिव घनश्याम भुसाल ३२ हजार ८६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का बोहराले २७ हजार ४ सय २२ मत प्राप्त गरे ।
संघीय समाजवादी फोरमका महेन्द्र यादवले १२ हजार ५ सय ३६ मत प्राप्त गरेका छन्।