पोखरा- पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी प्रतिनिधिसभामा फराकिलो मतसहित विजयी भएका छन्। कास्की १ बाट चुनावी मैदानमा उत्रेका अधिकारीले निकटतम प्रतिद्वन्द्वीको भन्दा १३ हजार ४ सय १६ बढी मतले विजयी भएका हुन् ।
अधिकारीले ३९ हजार २ सय ४२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका यज्ञ बहादुर थापाको २५ हजार ८ सय २६ मत छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।