बारा- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरी पछाडि परेका छन् । सुरुदेखि नै झिनो मतले अग्रस्थानमा रहेका चौधरी पछिल्लो मतगणनामा ८ सय ७ मतले पछाडि परेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार चौधरीले १६ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका अच्युत प्रसाद मैनालीले १७ हजार ७ सय ५३ मत ल्याएर अग्रता लिएका छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।