बारा- बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले मतान्तर घटउँदै गएका छन्। सुरुदेखि नै झिनो मतले अग्रस्थानमा रहेका चौधरी अघिल्लो मतगणनामा ८ सय ७ मतले पछाडि परेका थिए।
तर, पछिल्लो मतपरिणाम अनुसार चौधरीले ४ सय ६८ मतले पछाडि परेका छन्। चौधरीले १७ हजार ८ सय ३९ मत प्राप्त गरेका छन् । एमालेका अच्युत प्रसाद मैनालीले १८ हजार ३ सय ७ मत ल्याएर अग्रस्थानमा छन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।