खोटाङ- प्रतिनिधिसभामा खोटाङबाट चुनावी मैदानमा उत्रेका डा कृष्णकुमार राई ३४ हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका डा राईले २२ सय ६४ मत ल्याएका छन्।
डा राई निर्वाचनको केही समयअघि मात्र फोरममा प्रवेश गरेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा थिए। डा राई स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका पूर्व निर्देशक समेत हुन्।
डा राईलाई एमालेका विशाल भट्टराईले पराजित गरेका हुन्। भट्टराईले ३६ हजार ३ सय २९ मत ल्याएका छन् । यो डा राईको भन्दा ३४ हजार ६५ मत बढी हो।
मतपरिणाम अनुसार डा राई चौंथो स्थानमा छन्।
यस्तो छ मतपरिणाम
विशाल भट्टराई (एमाले) ३६३२९
सरस्वती वजिमय (कांग्रेस) २२४३२
मदन कुमार राई (नयाँ शक्ति) २३९८
डा कृष्णकुमार राई (संघीय समाजवादी फोरम) २२६४