कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका गौरी शंकर चौधरी विजयी भएका छन्। उनले पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई पराजय गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार माओवादीका गौरी शंकर कांग्रेस उम्मेदवार रामजनमलाई ४ हजार ३ सय ८५ बढी मत ल्याएर विजयी भएका हुन्। मतपरिणाम अनुसार गौरी शंकरले २४ हजार ८ सय ७९ मत ल्याएका छन्। रामजनमले भने २० हजार ४ सय ९४ मत ल्याएका छन् ।
रामजनम चुनावअघि मात्र कांग्रेस प्रवेश गरेका हुन् । त्यसअघि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।