काठमाडौं– चिकित्सा विज्ञान तथा प्रयोगशाला सम्बन्धी दोस्रो बृहत् प्रदर्शनी सुरु भएको छ। एसडी प्रोमो मिडिया प्रालि भारतले केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालसँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनी काठमाडौंस्थित भृकुटीमण्डपमा भइरहेको छ।
मेडिकल एन्ड ल्याब शोको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले मेडिकल तथा सर्जिकल, ल्याबको नयाँ प्रविधि र बजारबारे प्रदर्शनीले ठूलो भूमिका खेल्ने बताए।
यस्तै कार्यक्रममा एसडी प्रोमो मिडिया प्रालि भारतका निर्देशक राजेशकुमार शर्माले प्रविधि आदान-प्रदानमा यस्ता प्रदर्शनीले सहयोग गर्ने बताए। उनले यो प्रदर्शनीबाट आफूहरु उत्साहित भएको समेत जनाएका थिए।
पुस १ सम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेडिकल सर्जिकल क्षेत्रका व्यवसायी, स्वास्थ्य पेशाकर्मी र मेडिकल क्षेत्रका विद्यार्थीका लागि यो प्रदर्शनी लाभदायी हुने बताइएको छ।
केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष सुरेश घिमिरेका अनुसार प्रदर्शनीमा व्यावसायिक भेटघाट र छलफलका साथै विज्ञहरुले उपकरण सम्बन्धी जानकारीमूलक प्रस्तुति समेत दिनेछन्।
चिकित्सा विज्ञान र प्रयोगशालाका विषयमा बृहत् जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको घिमिरेले बताए। प्रदर्शनीमा भारत र चिनबाट १ सय ३० र नेपालबाट ७० स्टल राखिएका छन्।
प्रदर्शनीमा सर्जिकल सामग्री, उद्धार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेबल, अस्पतालका लागि फर्निचरहरु, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक स्टल छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)